• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

जमैकन धावक उसैन बोल्ट फुटबल खेल्ने !

एजेन्सी । जमैकन धावक उसैन बोल्टले अष्ट्रेलियामा फुटबल खेल्ने चर्चा चलेको छ । आठ पटकका ओलम्पिक च्याम्पियन बोल्टका एजेन्टले उनी अष्ट्रेलियामा फुटबल खेल्न सक्नेबारे कुरा भइरहेको बताएका हुन् ।

३१ वर्षे बोल्ट अष्ट्रेलियाको ए लिग टिम सेन्ट्रल कोष्ट मरिनर्ससँग निरन्तर वार्तामा रहेको उनले बताए । क्लबका अधिकारीहरुले पनि यदि सबै कुरा मिले बोल्ट नयाँ सिजनका लागि क्लबममा आवद्ध हुनसक्ने बताएका छन् ।

बोल्टले यसअघि जर्मनी, नर्वे र दक्षिण अफ्रिकी क्लबहरुमा अभ्यास गरिसकेका छन् । एथ्लेटिक्सको एकसय र दुई सय मिटरमा विश्व किर्तिमान बनाउन सफल बोल्ट गत वर्ष एथ्लेटिक्सबाट विदा भएका थिए । त्यस लगत्तै उनले आफ्नो व्यवसायीक फुटबलप्रतिको मोह दर्शाएका थिए ।

इंग्लीश क्लब म्यानचेष्टर युनाइटेडका फ्यान बोल्टसँग झण्डै चार महिनादेखि निरन्तर कुराकानी भइरहेको र यो प्रकृया निकै सकारात्मक भइरहेको क्लबले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर