प्रधानमन्त्री कृषि परियोजनाका हाकिम घुससहित पक्राउ

धनगढी । कैलालीको कैलारी गाउँपालिका गदरियामा रहेको प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजनाका प्रमुख रामानन्द यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले घुष सहित पक्राउ गरेको छ । 

अख्तियारको टोलीले उनलाई बुधबार कार्यालयबाटै २५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।  बुधबार अपरान्ह  स्थानीय किसानलाई बोरिङका लागि दिएको ५५ हजार रुपैयाँ अनुदानबाट २५ हजार लिएपछि उनी अख्तियारको फन्दामा परेका हुन् ।  

किसानलाई दिएको रकम घुस खाएपछि अख्तियार महेन्द्रनगर स्थित कार्यालयका प्रवक्ता खिमानन्द पाठकको नेतृत्वमा आएको टोलीले उनलाई कार्यालयबाटै पक्राउ गरेको हो ।  


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर