सुपमा लफडाः मुख्यमन्त्री सोडारीलाई तत्काल विश्वासको मत नदिने ओलीको निर्देशन

धनगढी । सुदुरपश्चि प्रदेशमा सत्ता राजनीतिक किचलो चर्किएको छ । सरकार गठनका लागि साथ दिएको नेकपा एमालेले एकीकृत समाजवादीलाई विश्वासको मत दिन आनाकानी गरेपछि किचलो बढिरहेको छ । 

नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिनलाई नहतारिन निर्देशन दिएका छन् ।

सुदूरपश्चिम प्रदेश सभा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन् । 

नेता रावलले शनिबार राति अध्यक्ष ओलीसँग करिब २ घण्टा गरेको भेटवार्तामा ओलीले यस्तो निर्देशन दिएका हुन् ।

अध्यक्ष ओलीसँग रावलसँगै प्रमुख सचेतक सुरेन्द्र पालले बालकोटमा भेटवार्ता गरेका थिए । 

मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने तयारी गरेका थिए । तर एमाले सकारात्मक नभएपछि शनिबारलाई समय सारिएको थियो ।

तर शनिबार पनि प्रदेश सभा बैठक बस्न नसकेर अनिश्चित कालका लागि स्थगित भयो । शनिबार नै नेता रावल र पाल पनि अध्यक्ष ओली भेट्न काठमाडौँ आएका थिए । 

नेकपा (एकीकृत समाजवादी) पार्टीका सोडारी माओवादी, एमाले, नागरिक उन्मुक्ति (रञ्जिता समूह)को सहयोगमा मुख्यमन्त्री नियुक्त भएका थिए ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर