• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

वडा सदस्यसहित ७ जुवाडे पक्राउ

पाल्पा । तानसेन ४ खिल्खानटोलबाट वडा सदस्य सहित ७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेकाे छ । जुवा खेलिरहेको सुराकीको आधारमा प्रहरी अधिकृतसहित खटिएको प्रहरी टोलीले छापा मार्दा सेन्चुरी हट रेष्टुरेन्टबाट उनिहरूलाई  पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । 

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेका अनुसार जुवाको खालबाट एक लाख प्रन्ध हजार छ सय पन्चानब्बे रुपैयाँ नगद बरामद भएको छ ।

पक्राउ पर्नेमा  तानसेन नगरपालिका ११ का वडा सदस्य चुरा बहादुर गोदार, तानसेन ४ का कृष्ण थापा, सोही स्थानका गणेश कुवाँर, तानसेन ३ का सुशील कुवँर, तानसेन २ का टेकनाथ न्यौपाने, तानसेन ४ का प्रकाश कार्की र रिब्दीकोट गाउँपालिका ६ का शिव जिसी रहेका छन् । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर