अभिनेता रणबीर कपुरविरुद्ध मुद्दा दायर, ८० लाख माग

एजेन्सी । हालै रिलिज भएको आफ्नो फिल्म ‘सिन्जु’को सफलताको मजा लिइरहेका अभिनेता रणबीर कपुर एक झमेलामा फसेका छन् । पुणेमा रणबीरको एक शानदार अपार्टमेन्टमा छ, जसलाई उनले भाडामा दिएका थिए ।

अब त्यस अपार्टमेन्टमा भाडामा बस्ने व्यक्तिले रणबीरमाथि मुद्दा दायर गरेका छन् । रणबीरले भाडा सम्झौताको नियमको उल्लंघन गरेका कारण उनिमाथि मुद्दा चलाइएको बताइएको छ । ती व्यक्तिले भरपाईका लागि ८० लाखको माग गरेका छन् ।

खबरअनुसार, रणबीरको अपार्टमेन्टमा भाडामा बस्दै आएका शीतल सूर्यवंशी नामक व्यक्तिले रणबीरलाई आरोप लगाउदै अभिनेताले भाडा सम्झौताको समय नपुग्दै आफूलाई घरबाट निकालेको बताएका छन् । जसका कारण उनका परिवारले कष्ट भोग्नु परेको बताएका छन् । 

शीतलका अनुसार, उनीहरुबीच पत्येक महिना ४ लाख भारुको हिसाबले १२ महिनासम्म भाडा दिने कुरा भएको थियो र उनले २४ लाखको डिपोजिट पनि गरेका थिए । 

यस घटनालाई लिएर पुणेको सिभिल अदालतमा एक मुद्दा दायर गरिएको छ, जहा शीतल सूर्यवंशीले ५० लाख भारुको माग गरेका छन् । उनले यो रकम ब्याजसहित मागेको भनिएको छ । 

यता रणबीरले आफूमाथि लगाइएको आरोपको खण्डन गरेका छन् । रणबीरले भनेका छन्, उनले शीतललाई अपार्टमेन्ट खाली गर्न भनेका थिएनन् । उनले आफ्नो इच्छाले घर खाली गरेका थिए र ३ महिनाको भाडा पनि नदिएको रणबीरले बताए ।

रणबीरले ३ महिनाको नदिएको भाडा शीतलद्धारा गरिएको डिपोजिटबाट काटिएको बताए । यस मुद्दाको सुनाई आगामी २८ अगस्टमा हुनेछ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर