• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

फेसबुकको नीतिमा परिवर्तन, यस्ता विज्ञापन हटाइने

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले २१ जुनबाट आफ्नो नीतिमा विशेष परिवर्तन गर्दैछ । फेसबुकमा अब बालबालिकाले बन्दुक र त्यससँग जोडिएका चीजको विज्ञापन देख्न नपाउने भएका छन् । 

हाल फेसबुक प्रयोग गर्ने प्रत्येक व्यक्तिले बन्दुकको स्कोप, होल्स्टर, बन्दुकमा लाग्ने लाइट, स्लिन्ग्स, साइट्स, बेल्ट एक्स्ट्रा, सेफआदिको विज्ञापन देख्न सक्छन् । तर, अब फेसबुकमा उपलब्ध यस्ता विज्ञापन नदेखिने भएको छ । 

फेसबुकले आफ्नो नीतिको नियमित समिक्षापछि यस्तो निर्णय लिएको जानकारी दिएको छ । तर, प्रविधिसँग जोडिएको एक वेबसाइट ‘द भर्ज’का अनुसार, अमेरिकाको स्कूलहरुमा गोलाबारीका केही घट्ना र बन्दुक हिंसालाई लिएर सुरु बहसलाई मध्यजनर गर्दै फेसबुकले यस्तो फैसला लिएको हो । 

यद्यपी, फेसबुकको भनाईअनुसार, उसले आफ्नो नेटवर्कमा पहिलेदेखि नै हतियार, गोली, बारुद, विस्फोटक र यस्ता पत्रिकाको बिक्रीमा रोग लगाएको छ । हालै मात्रै फेसबुक कम्पनीले प्रयोगकर्ताको नीजि डेटालाई सुरक्षित गर्नका लागि पनि नयाँ नीतिको घोषणा गरेको थियो । 

२ जुलाईदेखि कुनै पनि विज्ञापनदाताले ‘डेटा ब्रोकर’को प्रयोग गरेमा प्रयोगकर्तालाई त्यसको जानकारी दिइनेछ । डेटा ब्रोकर त्यस्ता कम्पनी हुन्, जो उपभोक्ताको डेटालाई जम्मा गरेर उसैलाई बच्छ । जसले गर्दा विज्ञापनदाता आफ्नो विज्ञापन लक्षित प्रयोगकर्तासम्म पुग्न सक्छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर