• बुधबार ७-७-२०७५/Wednesday 10-24-2018/ 07:03 am

दोस्रो पाँचपोखरी हाफ म्याराथन भदौ १० मा हुने

काठमाडौं । दोस्रो पाँचपोखरी हाफ म्याराथन अगामी भदौ १० गते हुने भएको छ । 

शुक्रबार पत्रकार सम्मेलन गरी दोस्रो पाँचपोखरी हाफ म्यारथन आयोजक समितिले ‘पर्यटन प्रवद्र्धनका लागि खेलकूद’ भन्ने मूल नाराका साथ सिन्धुपाल्चोकको थाङपाल पाँचपोखरी गाउँपालिकाको धार्मिक ऐतिहासिकस्थल पाँच पोखरीदेखि रैथानेश्वरी मन्दिरसम्मको २४ किलोमिटर म्याराथन प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराइएको छ । 

प्रतियोगितामा सहभागी हुने खेलाडीले आगमी भदौ ५ गतेभित्र आफ्नो नाम दर्ता गराइसक्नुपर्नेछ । दर्ता शुल्क सिन्धुपाल्चोकका खेलाडीलाई एक हजार रुपैयँ, जिल्ला बाहिरका खेलाडीलाई दुई हजार रुपैयाँ र विदेशीलाई ३५ अमेरिकी डलर तोकिएको छ । 

नाम दर्ताका लागि सो गाउँपालिकाका सबै वडा, क्षेत्रपालेश्वरी माध्यमिक विद्यालय तिपेनी, मेलम्ची क्याफे इन मेलम्ची बजार, जिल्ला खेलकूद विकास समिति सिन्धुपाल्चोक र गाउँपालिकाको फेसबुक पेजमा गएर फारम भर्न सकिनेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५०, ३० र २० हजार रुपैयँ प्राप्त गर्ने सगरमाथा आरोही एवं कार्यक्रम संयोजक कान्छीमाया तामाङले जानकारी दिए । 

सो अवसरमा सांसद शेरबहादुर तामाङले खेलकूदमार्फत जिल्लामा आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउन प्रतियोगिता आयोजना गर्न लागिएको बताए । 

कार्यक्रममार्फत पाँचपोखरी, आमायाङ्ग्री, ड्रायागन गुफा, अबेली, रैथानेश्वरी, च्याङ्बोडाँडा लगायतका पर्यटकीय क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरमा प्रचारप्रसार गर्नु रहेको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए । 

जनैपूर्णिमाको अवसरमा पाँच पोखरीमा विशेष मेला लाग्ने गर्छ । धार्मिक रुपमा महत्वपूर्ण पाँचपोखरी समुन्द्र सतहदेखि चार हजार १०० मिटरमा अवस्थित छ । 

यहाँ पाँच धार्मिक पोखरी छन् । यस पोखरी विश्वकै उच्च स्थानकामध्ये नवौँमा पर्छ । एकादशीदेखि शुरु हुने मेला पूर्णिमाका दिन समापन हुन्छ । मेला अवधिभर सिन्धुपाल्चोक र आसपासका जिल्लाबाट हजारौँ धार्मिक पर्यटक पाँचपोखरी पुग्छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आफुमाथि लागेको बलात्कार आरोपबाट रोनाल्डो भन्छन्, ‘ म झुटो बोल्दिन, सत्य सँधै अगाडि हुन्छ’

  • ६ कार्तिक, २०७५

एजेन्सी । युभेन्टसका पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोले आफुमाथि लागेको बलात्कारको आरोपको पहिलो पटक सार्वजनिक रुपमा खण्डन गरेका छन् । यसअघि

वर्षको ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा पर्याे सुलभ मास्केको गोल (भिडियाे सहित)

  • ६ कार्तिक, २०७५

 काठमाडौं ।  नेपाली यू–१९ फुटबल टोलीका पूर्व कप्तान सुलभ मास्केको गोल अष्ट्रेलियामा वर्षको ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा परेको छ ।

लामिछाने अष्ट्रेलियाको  बिग बास लिगमा अनुबन्धित

  • ६ कार्तिक, २०७५

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएका नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियन लिग