• बुधबार ७-७-२०७५/Wednesday 10-24-2018/ 06:33 am

अाजका अखबारः सुशीलालाई लाेकमानकाे १० कराेडकाे 'गाेडधुवा'

प्रदेश ५ मा करबाटै कार

काठमाडाैं । काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरुले नेपाल र बंगलादेशबीच भएको उर्जा सहकार्य सम्बन्धि समझदारी, भदौ १ गतेदेखि लागु हुन लागेको ६ वटा कानुन, विमस्टेक सम्मेलन लगायतका खबरलाई प्राथमिकताका साथ छापेका छन् । 

आजको गोरखापत्रले विमस्टेक सम्मेलन अन्तर्गत आजदेखि सुरु हुने परराष्ट्र सचिवस्तरीय बैठकको समाचारलाई महत्वपूर्ण स्थान दिएको छ । त्यस्तै नेकपा अध्यक्ष प्रचण्डको चीन भ्रमण, नेपालमा पनि सिग्नेचर पुल बन्ने लगायत समाचारलाई पनि गोरखापत्रले महत्वपूर्ण स्थान दिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमान सिंह कार्कीले आफु विरुद्धको मुद्धा जिताइदिन तत्कालीन प्रधानन्यायाधीश सुशिला कार्कीलाई १० करोडको ‘गोडधुवा’ दिन खोजेको समाचार आजको नागरिक दैनिकले प्रकाशित गरेको छ । 

त्यस्तै नागरिकमा आज नेपाल र भारतबीचकाृ वाणिज्य सन्धि पुनरावलोकनको विषयलाई पनि मुख्य समाचार बनाइएको छ । 

आजको नयाँ पत्रिकाले नेपाल बंगलादेशबीच भएको उर्जा सहकार्य सम्बन्धि समझदारीको खबरलाई प्राथमिकता दिएको छ । ‘नेपाल र बंगलादेशबीच उर्जा सहकार्यसम्बन्धि समझदारी, तेस्रो मुखुक विद्युत निर्यातको बाटो खुल्यो शिर्षकमा नयाँ पत्रिकाले खबर छापेको छ । 

आजको अन्नपूर्ण पोस्टले भने भदौ १ गतेदेखि लागु हुने मुलुकी अपराध संहिता ऐन सहितका ६ वटा ऐन सम्बन्धि खबरलाई प्राथमिकताका साथ छापेको छ । 


आजको कान्तिपुरले फुटसल खेलमा बढदो क्रेजको विषयलाई उठाएको छ भने प्रदेश ५ मा सर्वसाधारणले तिरेको करबाट जनप्रतिनिधिले गाडी किन्दै चढेको विषयलाई पहिलो पृष्ठमा छापेको छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आजका अखबारः रामवीरको राजीनामा अस्वीकृत, वामदेव भन्छन्ः ‘पार्टीभित्रैबाट म माथि आक्रमण भो’

  • ५ कार्तिक, २०७५

काठमाडौं । काठमाडौंबाट सोमबार प्रकाशित अखबारहरुमा नेकपाको सचिवालय बैठकले प्राथमिकता पाएको छ । वामदेव गौतमका लागि सांसद पद छोड्न तयार हुँदै