एसियाली खेलकुद : लगातार तेस्रो हार बेहोर्दै नेपाल समूह चरणबाटै बाहिरियो
काठमाडौं । १८ औं एसियाली खेलकुद (एसियाड) को पुरुष फुटबलमा नेपाल लगातर तेस्रो हार बेहोर्दै नेपाल समूह चरणबाटै बाहिरिएको छ । आइतबार भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग २–१ को हार बेहोरेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।
खेलको एघारौं मिनेटमा पाकिस्तान युनास सहाबाजले आत्मघाती गोल गरेपनि नोपलले अग्रता लिएको थियो । एसियाड गेममा नेपालको यो गोल ३६ वर्षपछिको हो । यसभन्दा अघि सन् १९८२ नेपालले गोल गरेको थियो ।
पाकिस्तानले ५५ र ७१ औं मिनेटमा गोल गर्दै २–१ ले खेल जित्यो । पाकिस्तानका लागि पहिलो गोल फ्रिकिकमा हेडमार्फत युसाफ अहमेदले गरेका थिए । ७१ औं मिनेटमा पेनाल्टीमार्फत श्रद्धाम हुसेनल गोल गर्दै पाकिस्तानलाई २–१ गोल अन्तर विजयी बनाए । यसअघिका खेलमा नेपाल जापानसँग १–० र भियतनामसँग २–० गोलले पराजित भएको थियो ।
प्रतिकृया दिनुहोस