• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

करेन्ट लागेर एक युवकको मृत्यु

उदयपुर । विद्युतको पोलबाट करेन्ट तानेर माछा मार्ने क्रममा उदयपुर गढी गाउँपालिका–७ ध्वाँसे खोलामा एक  युवकको मृत्यु भएको छ । आइतबार भएको उक्त घटनामा अर्का एक घाइते भएका छन् । 

मृत्यु हुनेमा स्थानीय २० वर्षीय कैलाश मगर रहेको र अर्का घाइते उमेश मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

विद्युतको मूल लाइनबाट करेन्ट तानेर माछा मार्ने क्रममा करेन्टले फालेर मगरको मृत्यु भएको हो भने अर्का घाइते भएको हो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर