घटकको नेतृत्व टुंगियो, जनसांस्कृतिक महासंघको नेतृत्वमा सहमतिको प्रयास

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ सङ्गठन जनसांस्कृतिक महासंघ नेपालको मूल नेतृत्वबाहेक सबै घटकको नेतृत्व टुङ्गिएको छ । महासंघअन्तर्गतका रहेका सात घटकको नेतृत्व टुङ्गिए पनि महासङ्घको नेतृत्वमा भने सहमति हुन नसकेको कार्यदलका सदस्य सरल सहयात्रीले जानकारी दिए । एकताअघि नै दुईवटै सङ्गठनको नाम एउटै भएकाले नाममा विवाद नरहेको उनले बताए ।

पूर्व नेकपा एमाले सम्बद्ध महासङ्घको नेतृत्वमा खगेन्द्र राई र पूर्व नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरल सहयात्री रहेका थिए । राईले नेतृत्व चयन गर्ने जिम्मा पार्टीलाई दिइएको जनाए । 

सहमति भएका महासंघका घटकमा जनसंगीतकर्मी संघका अध्यक्षमा कर्णबहादुर परियार, जनसाहित्य लेखक संघका अध्यक्षमा राम विनय, ललितकला परिषद्को अध्यक्षमा देवेन्द्र थुम्केली, चलचित्रकर्मी संघ नेपालका अध्यक्षमा दिनेश डिसी सर्वसम्मत चयन भएका छन् ।

यसैगरी लोकवार्ता तथा बहुभाषा परिषद्को अध्यक्षमा डा मधुसूदन गिरी, समाज अध्ययन परिषद्को अध्यक्षमा डा भिक्टर प्रधान र जननाट्यकर्मी संघ नेपालको अध्यक्षमा पुष्प आचार्य सर्वसम्मत भएका छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर