• आइतबार ८-२-२०७५/Sunday 11-18-2018/ 10:21 pm

शेयर बजार ओरालो

काठमाडौं । शेयर बजार आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार मापक नेप्से शिरसूचक ८ दशमलब २२ बिन्दुले घटेर एक हजार १८८ बिन्दुमा ओर्लेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १ दशमलब ७८ बिन्दुले २५० दशमलब ७५ बिन्दुमा कायम भएको छ । 

स्टकका अनुसार आज कूल १६० कम्पनीको ६ लाख तीन हजार १०२ कित्ता शेयर रु २२ करोड ६१ लाख ७२ हजार ९३ मूल्यमा खरीद–बिक्री भएको छ । आज उत्पादन उपसमूहको शेयर उकालो लाग्दा अरू उपसमूहका शेयर भने ओरालो लागेका छन् । उत्पादन उपसमूहको शेयर ११.१५ बिन्दुले बढ्दा बैङ्किङ ५.४२, होटल ५ दशमलब १७, विकास बैंक १३ दशमलब १२, जलविद्युत् २३ दशमलब ६३, वित्त २ दशमलब ६९, निर्जीवन बीमा ५९ दशमलब ७४, अन्य ४ दशमलब ६८, माइक्रोफाइनान्स ११ दशमलब ६९र जीवन बीमा ७५ दशमलब २ बिन्दुले घटेको छ । 

आज वल्र्ड मर्चेन्ट बैङ्किङ एण्ड फाइनान्स लिमिटेडका लगानीकर्ताले कमाएका छन् भने सिन्धु विकास बैङ्क र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका लगानीकर्ताले गुमाएका छन् । – रासस

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

हस्तकला व्यापार मेलामा ९ करोडको कारोवार

  • २ मङ्सिर, २०७५

काठमाडौं । नेपाल हस्तकला महासङ्घले भृकुटीमण्डपमा आयोजना गरेको १६औँ अन्तर्राष्ट्रिय हस्तकला व्यापार मेला आज सम्पन्न भएको छ । कात्तिक २८ गतेदेखि शुरु

स्थानीय पूर्वाधार विकास बजेट विनियोजन

  • २ मङ्सिर, २०७५

दाङ । दाङ निर्वाचन क्षेत्र नं २ का योजनाहरू छनोट गरी बजेट विनियोजन सम्पन्न भएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत कूल चार करोड

‘पहुँचको भरमा योजना छनोट गर्ने प्रवृत्ति हटाउनुपर्छ’

  • २ मङ्सिर, २०७५

धनगढी ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पहुँचका आधारमा विकासका योजना छनोट गर्ने प्रवृत्तिले प्रभावकारी कार्यान्वयनमा समस्या