• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

अन्तिम १६ मा रसिया र उरुग्वे 

काठमाडौं । रुसमा भइरहेको विश्वकप फुटबलको समूह ए बाट लगातार दुर्इ खेल जितेका रसिया र उरुग्वे अन्तिम १६ मा प्रवेश गरेका छन्। उरुग्वेले साउदी अरेबियालार्इ १–० गोलले पराजित गरेपछि समूह ए बाट अन्तिम १६ मा पुग्ने टोलीको टुंगो लागेको हो।

रुसले आफ्नो दोस्रो खेलमा इजिप्टलार्इ मंगलबार पराजित गरेपछि अन्तिम १६ का लागि बुधबारका खेलको नतिजालाई कुर्नुपरेको थियो। बुधबार उरुग्वेले जिते हासिल गरेसँगै रुस स्वतः अन्तिम १६ का लागि छनोट भएको हो । यो समूहबाट इजिप्ट र साउदी अरेबिया बाहिरिएका छन्। 

मंगलबारको खेलमा रसियाले ४७अौं मिनेटमा इजिप्टका अहमद फादीको आत्मघाती गोलबाट अग्रता पाएको थियो। रोमन जोबनिनको सटमा फादीले आफ्नै पोस्टमा गोल गरेका थिए।मारिया फर्नान्डेजको पासमा ५९अौं मिनेटमा डेनिस चेरिसेभले दोस्रो तथा ६२अौं मिनेटमा अर्टिम ड्ज्युबाले रसियाका लागि तेस्रो गोल गरेका थिए। उरुग्वेका खेलाडी लुइस सुआरेजले २३अौं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो। मोहम्मद सलाहले पेनाल्टीमार्फत इजिप्टका लागि ७३अौं मिनेटमा गोल फर्काएका थिए। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर