आलिय भट्टले गर्नुपर्छ मेरो 'बायोपिक' - मनिषा कोइराला

कुनै समय बलिउडमा राज गरेकी अभिनेत्री मनिषा कोइराला हिजोआज संजय दत्तको जीवनीमा आधारित फिल्म ‘सन्जु’को प्रचार–प्रसारमा जुटेकी छिन् । यस फिल्ममा उनी संजय दत्तकी आमा नरगिस दत्तको भूमिकामा देखिँदैछिन् । 

 

क्यान्सरलाई जितेर पुन सामान्य जीवनमा फर्केकी मनिषा पनि आफ्नो जीवनमा आधारित एक किताब लेख्दैछिन्, तर उनले आफ्नो ‘बायोपिक’ बारेमा भने सोचेकी छैनन् । 

 

मनिषाले भनिन्, ‘म एक किताब लेख्दैछु, जसको नाम ‘हिल्ड’ हो । किताबको एक भागरमा मेरो जिन्दगीको सानो कहानाी पनि छ । तर, मेरो बायोपिक बन्छ कि बन्दैन यसबारे सोचेकी छैन ।’

 

यदी आफ्नो बायोपिक बनेमा मनिषाले आफ्नो भूमिकामा अभिनेत्री आलिया भट्टलाई लिन चाहेको बताइन् । उनका लागि आलिया एक राम्रो कलाकार हो । आलिया उनको भूमिकालाई हुबहु पर्दामा उतार्न सक्ने मनिषाले बताइन् । 

 

२९ जुलाईबाट रिलिजमा आउने फिल्म ‘सन्जु’लाई निर्देशक राजकुमार हिरानीले निर्देशन गरेका छन् । फिल्ममा संजय दत्तको भूमिकामा रणबीर कपुर देखिनेछन् । फिल्ममा भिक्की कौशल, अनुषका शर्मा, सोनाम कपुर तथा परेश रावलको पनि मुख्य भूमिका छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर