• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

सालकको खपटासहित ३ जना पक्राउ 

काठमाडौं । प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपटासहित ३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले सालकको खपटासहित ३ जनालाई बिहीबार दिउँसो १ बजे काठमाडौं महानगरपालिका–१६ बाट पक्राउ गरेको हो । 

 

सालकको खपटा वेचविखन गर्न लागेको छ भन्ने विशेष सूचनाका आधारमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा २० वर्षीय सञ्जय जिसी, २६ वर्षीय प्रमोद आलेमगर र २६ वर्षीय नारायण थापा छन् । उनीहरु तीनै जनाको घर धादिङ भएको प्रहरीले जनाएको छ ।

 

प्रहरीले नारायण थापाले बोकेको झोलाबाट सालकको खपटा बरामद गरेको थियो । उनीहरुलाई आवश्यक कारवाहीका लागि सालकको खपटासहित जिल्ला वन कार्यालय काठमाडौं हात्तिसार पठाइएको प्रहरीले जनाएको छ । 


                                                                                      
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर