'काउली बुढी' अभिनित तिज गीत ‘अब आउनेलाई’ सार्वजनिक
(भिडियोसहित)
काठमाडौं । तारा प्रसाद सापकोटाको तिज गीत ‘अब आउनेलाई’ सार्वजनिक भएको छ ।
रोजगारीको सिलसिलामा यूरोपेली मुलुक फिनल्याण्डमा रहेका सापकोटाले तिजको पूर्व सन्ध्यामा शुक्रबार म्युजिक भिडियोसहित तिज गीत सार्वजनिक गरेका हुन् । हरितालिका तिजलाई मध्यनजर गर्दै गुल्मी मुसिकोटका सापकोटाले आफ्नो पहिलो तिज कोसेली सार्बजनिक गरेका हुन् ।
गीतमा मौलिक भाषा अनि संस्कृति रहेको छ । गायिका शान्ती श्री परियार र गायक माधव खड्काको आवाज रहेको उक्त गीतको शब्द तथा संगित सापकोटाको रहेको छ । नेपाली समाजका आएको सामाजिक, आर्थिक परिवर्तन र त्यससँगै जोडीएका बिबिध पक्षहरुलाई ब्यांग्यात्मक रुपमा गीतमा प्रस्तुत गरिएको छ ।
पछिल्लो समय काउली बुढीको रुपमा चिनिएकी सन्ध्या बुढा, ओबी रायमाझी र टिका जैसीको अभिनयमा गीतको म्युजिक भिडियो तयारर पारिएको छ ।
प्रतिकृया दिनुहोस