• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

जापानमा पहिलो पटक अवार्ड हुँदै, नेपाली कलाकार एउटै स्टेजमा 

संगिता कुवँर/ टोकियो । जापानमा पहिलो पटक सूर्य ईन्टरनेशनल अवार्ड हुदैछ । टोकियोमा सेप्टेम्बर १६ मा हुने अवार्डको लागी मनोनयनमा परेकामध्ये सर्वाधिक भोट पाउनेलाई प्रदान गरिने अवार्डको लागी भोटिंग प्रक्रिया सुरु भएको छ ।

नेपाल सरकार सुचना तथा संचार मन्त्रालय, नेपाल टूरिजम बोर्ड र नेपाल चलचित्र विकाश बोर्ड लगायतका सरकारी निकायहरुको सहयोग र सहकार्य रहेको छ ।  अवार्ड २०१८ यही सेप्टेम्बर १६ तारिख आइतबार ६ बजेबाट नाखानो जेरो हल, टोकियोमा हुदैंछ । 

अवार्ड समारोहमा चार दर्जनभन्दा बढी कलाकर्मीसहित सञ्चारकर्मी टोकियोको एउटै स्टेजमा हुनुको साथै कलाकारको प्रस्तुती समेत रहने छ । निशुल्क अनलाइन भोटिङ मार्फत विजेता छानिने जनाएका अवार्ड कार्यक्रमका अध्यक्ष तथा सूर्य कर्पोरेशनका चियरमेन बासुदेव लामिछानेले बताए ।

बृहत सांस्कृतिक कार्यक्रमसहित आयोजना हुने बताइएको अवार्डको लागि जापान र नेपालमा तयारी तिब्र गतिमा भईरहेको छ । अवार्डको नेपाल संयोजन  समीर बलामी, नरेश भट्टराई, संदीप क्षेत्री र जितु नेपालले गरेका छन्  । कर्पोरेसनले अवार्डको दोश्रो दिन सेप्टेम्बर १७ तारिख सोमवार कलाकारको साथमा क्रुजमा कक्टेल पार्टीको आयोजना गरेको छ ।  

अवार्डमा विधागत लोकप्रिय फिल्म, नायक, नायिका, सहकलाकार महिला र पुरुषका साथै संगीततर्फ लोक, पप र आधुनिक गायक र गायिकाहरु रहेका छन् । मनोनयनमा लोकप्रिय फिल्मतर्फ ‘छक्का पञ्जा २’ सहित ‘ए मेरोहजुर २’, ‘शत्रु गते’, ‘म यस्तो गीत गाउँछु’ र ‘क्रृ’ भिडेका छन् ।

 यस्तै, नायकतर्फ अनमोल केसी, प्रदीप खड्का, पल शाह, पुष्प खड्का र दयाहाङ राईबीच भोटिङ प्रतिस्पर्धा हुँदा लोकप्रिय नायिकाको विधामा साम्राज्ञी राज्यलक्ष्मी शाह, श्वेता खड्का, पूजा शर्मा, शिल्पा पोखरेल र निता ढुंगाना भिड्ने भएका छन । त्यसैगरी, उत्कृष्ट निर्देशकका लागि छक्कापन्जा २ बाट दीपाश्री निरौला, ए मेरो हजुर २ बाट झरना थापा, म यस्तो गीत गाउँछुबाट सुदर्शन थापा, लिलीबिलीबाट मिलन चाम्स, शत्रुगतेबाट प्रदीप भट्टराई प्रतिस्पर्धामा छन् ।

उत्कृष्ट अभिनेताका लागि‘क्रृ’ का अनमोल केसी, लिलीबिलीका प्रदीपखड्का, मंगलमका पुष्प खड्का, म यस्तो गीत गाउँछुका पल शाह र घामपानीबाट दयाहाङ राई मनोनीत छन । उत्कृष्ट अभिनेत्रीको अवार्डका लागि भने कान्छीकी श्वेता खड्का, म यस्तो गीत गाउँछुकी पूजा शर्मा, मंगलमकी शिल्पा पोखरेल, पञ्चायतकी नीता ढुंगाना र ए मेरो हजुर २ की साम्राज्ञीशाहबीच प्रतिस्पर्धा छ ।

 फिल्मअन्तर्गत सहअभिनेता र सहअभिनेत्रीको विधासमेत रहेको छ । पपगीततर्फ सुगम पोखरेल, कमल खत्री, अनिल सिंह, कालीप्रसाद बास्कोटा र हिमाल सागर उत्कृष्ट गायकमा मनोनीत छन । पपगायिकातर्फ इन्दिरा जोशी, अमृता लिम्बू, मिलन अमात्य, एन्जिला रेग्मी र रबिना थापाबीच प्रतिस्पर्धा छ ।

आधुनिक गायकतर्फ रामकृष्ण ढकाल, राजेशपायल राई, प्रमोद खरेल, हेमन्त शर्मा र शिव परियार उत्कृष्ट पाँचमा परेका छन् । आधुनिक गायिकामा भने अञ्जु पन्त, मेलिना राई, रिता केसी, टीका प्रसाईं र सिर्जना खत्री मनोनीत छन् । लोकगीततर्फ नवीन पौडेल, रमेशराज भट्टराई, खुमन अधिकारी, रामजी खाँण र प्रकाश कटुवाल प्रतिस्पर्धामा छन् ।

गायिकातर्फ ज्योति मगर, रमिला न्यौपाने, सम्झना मगर, मुनाथापा र देवी घर्तीमगर मनोनीत छन ।  यसपाली एउटै स्टेजमा धेरै कलाकारको जमघट हुने पहिलो कार्यक्रम भएकोले दर्शकको भिड लाग्ने अनुमान गरिएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर