• बुधबार ६-३-२०७५/Wednesday 09-19-2018/ 06:45 pm

देशभक्ति भावनाले भरिएको नयाँ राष्ट्रिय गीत ‘हिमालको छानो’ सार्वजनिक

काठमाडौं । देशभक्ति भावनाले भरिएको ‘हिमालको छानो’ बोलको नयाँ राष्ट्रिय गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा कल्याण आले, निर्मला पनेरु, मदन राई, सञ्जय तुम्रोक, अनु परियार, जलु गुरुङ र रनमाया दासले आवाज दिएका छन् । 

हिमाल, पहाड र तराई, नेपालीबीच कोही छैन बिरानी भावको यस राष्ट्रिय गीतमा शब्द किशोर राज पोख्रेलको रहेको छ भने संगीत कल्याण आलेको रहेको छ । म्युजिक भिडियोमा नेपाल प्रहरी संगीत विद्यालयका विद्यार्थीले फिचरिङ गरेका छन् । 

भिडियोलाई मुकेश हुमागाईले खिचेका हुन् भने सम्पादन अमृत चापागाईले गरेका हुन् । यस्तै, म्युजिक भिडियोको निर्देशन विकास घले गुरुङले गरेका हुन् । 

गीतमा विभिन्न भेष–भुषामा सजिएर नेपाली झण्डा फहराउँदै कलाकारहरु नेपाली पहिचानलाई झल्काइरहेका छन् भने गीतमा नेपाल संविधान, सहिददेखि संघीय ढाँचाको विषयलाई पनि समेटिएको छ । 

हेर्नुहोस्, राष्ट्रिय भावना ओतप्रोत सुन्दर गीतः

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रसादको ‘लै लै ’ सार्वजनिक (भिडियोसहित) 

  • ३ असोज, २०७५

काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रसाद’ को पहिलो गीत सार्वजनिक भएको छ । अभिनेता विपिन कार्की, निश्चल बस्नेत र अभिनेत्री नम्रता श्रेष्ठको मुख्य

आयुष्मानले देखाए प्रियंकालाई बिकनीमा 

  • ३ असोज, २०७५

काठमाडौं । नेपाली चलचित्र अभिनेत्री प्रियंका कार्की फेरी पनि आलोचित बन्न पुगेकी छिन् । यसअघि पनि आलोचित हुँदै आएकी कार्की यो पटक भने फेसनका कारण

गीतकार डी.पी खनालको अर्को गीत ‘सरसर’ सार्वजनिक (भिडियोसहित)

  • २ असोज, २०७५

काठमाडौं । गीतकार डिपी खनालको शब्दमा रहेको अर्को म्युजिक भिडियो युट्युवमा मंगलबार सार्वजनिक भएको छ । ‘सरसर’ बोलको यस गीतमा चर्चित गायक राजु लामा र