गीतकार दिलिप राई सगरको पहिलो गीति एल्बम ‘तस्विर’ सार्वजनिक

आयुष्मा बस्नेत/काठमाडौ । गीत लेखनमा प्रतिबद्ध दिलिप राई सागरको पहिलो एल्बम ‘तस्बिर’ शनिबार सार्वजनिक भएको छ । काठमाडौँ अनामनगरको विनायो क्याफेमा एक कार्यक्रमका बीच उक्त एल्बम विमोचन गरिएको हो ।

कार्यक्रम विमोचनको प्रमुख अथितिको रुपमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति तथा गीतकार भूपाल राई, जनवादी गायक तथा संगीकार शम्भू राई, नेपाली विशिष्ट गायिका बिमला राई, संगीतकार हेमकुमार राई, सुदन राई, सर्जक तथा संगीतकार किराति, कला राईलगायतका कलाकर्मीहरुको उपस्थिति थियो । 

उक्त एल्बममा समावेश ‘देउराली’, ‘तस्बिर’ , ‘बाह्रमासे फुल’, ‘हुरी चलेर’, ‘साकेला १’ र ‘साकेला २’ बोलका ६ वटा गीतमा गीतकार दिलिप राई सागरको सोलो रचना रहेको छ । यीमध्ये एल्बमको ‘बारामासे फुल’ बोलको तेश्रो गीतको म्युजिक भिडियोसमेत सार्वजनिक गरिएको छ । यस गीतमा आवाज कन्कास्ट राई र दिपा राईको रहेको छ भने भिडियोमा टंकराज कोलाङ र अर्चना काउदा मगरले फिचरिङ गरेका छन् ।

एल्बममा समेटिएका ६ वटा गीतमा ‘देउराली’ बोलको पहिलो गीतमा हालकी चर्चित गायिका मेलिना राईले आवाज दिएकी छिन्, यस गीतमा अशोक लोहोरुङ राईले संगीत–एरेन्ज गरेका छन् । त्यस्तै, ‘तस्बिर’ बोलको गीतमा युवा गायक दिवेश राईको आवाज र संगीत–एरेन्ज छ भने ‘हुरी चलेर’बोलको गीत गायिका आभा मुकारुङ राईको आवाजमा सजिएको छ, जसमा संगीत–एरेन्ज बुद्ध स्याङबाले गरेका छन् । ६ वटै गीतमा संगीतकार डाक्टर राईले सोलो संगीत भरेका छन् ।

त्यस्तै, एल्बमको पाँचौँ गीत ‘साकेला–१’मा गायिका मिना राईको आवाज तथा कुमार राईको संगीत एरेन्ज रहेको छ र अन्तिम गीत ‘साकेला–२’मा दिपक राई वान्तवाको आवाज तथा कुमार राईको एरेन्ज रहेको छ ।

दुई घण्टा लामो कार्यक्रममा बोल्ने क्रममा अथितिहरुले नेपालीपन भएका गीत–संगीत हराउँदै गइरहेको अवस्थामा यस एल्बममा भएका गीतहरुले भने अझ अगाडी बड्न हौसला मिल्ने र त्यो नेपालीपन हराउन नदिनेमा विश्वास रहेको बताएका थिए । 

अतिथि ग्रहण ,म्युजिक भिडियो प्रर्दशन, मायाको चिनो वितरण, अतिथिबाट सुभकामना आदान प्रदान सँगै सर्जक संगीतकार डाक्टर किरातको आवजमा एल्बमका केही गीतसंगै समापन भएको थियो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर