• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

एसियन पारा खेलकुदमा ४१ देश सहभागी हुने

जाकार्ता । इन्डोनेसियाको जाकार्तामा हुने एसियन पारा खेलकुद प्रतियोगितामा ४१ ओटा देशले सहभागीता जनाउने निश्चित भएको छ । 

मुल आयोजक समितिका प्रमुख राजा सप्त ओक्तोहरीले दिएको जानकारी अनुसार ती देशहरुबाट कुल २८ सय ८० खेलाडीहरु सहभागी हुनेछन् । 
आउदो अक्टोबर ६ तारिख देखि १३ तारिख सम्म एसियन पारा खेलकुद हुने यसअघि नै तय भइसकेको थियो । 

उद्घाटन समारोहमा इन्डोनेसियाका मानवीय पक्षका संस्कृतिहरुलाई मुख्य बनाएर विभिन्न कार्यक्रमहरु प्रदर्शन गरिने भएको छ । कार्यक्रम तथा प्रतियोगिता आयोजना गर्न इन्डोनेसियाका जनताले आफुहरुलाई धेरै सहयोग गरेको मुल समितिका प्रमुख ओक्तोहरीले बताए । 

उनले भने, ‘आशा छ, हामीले प्रतियोगिता भव्यताका साथ सम्पन्न गर्नेछौँ, हामीलाई आम जनताको थप सहयोग र समर्थन रहनेछ ।’ उनले यस प्रतियोगिताले इन्डोनेसियाको इतिहासमा नयाँ परिचय थप्ने दावी पनि गरे । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर