‘डढे गाँउ’ हरियाली गाउँमा परिवर्तन

कमल अधिकारी पाल्पा । घर कहाँ हो भनेर सोध्दा नाम भन्न दिक्क मान्ने पाल्पाको तिनाउ गाउँपालिका–२, दोभानवासीहरु अहिले आफ्नो गाउंको नाम ढुक्कले भन्न थालेका छन । गाउँको नाम डडढे गाउँ भएको हुदाँ नाम भन्नै लाज लाग्ने गरेकोमा अहिले त्यही डढे गाउँ हरियाली गाउँका नामले चिनिन थालेपछि गाउँको नाम भन्न सहज भएको  छ । 

२०३१ सालतिर प्यूठान र बागलुङका मानिस आएर बस्ती बस्न सुरु भएको ढडे गाउँमा अहिले ९० घर परिवारको बस्ती बसिसकेको छ । सुरुमा आउनेले ‘ददे गाउँ’ नाम राखको यसठाउँमा पछि ३८ सालमा आगलागी भएर गाउँ नै सखाप भएपछि डढे गाउँ’ नाम रहेको थियो । 

थानीय तह निर्वाचन पश्चात गाउँको नाम फेरिएको हो । दोभान बजारबाट १ किलोमिटरको दूरीमा रहेको यस बस्तीमा पछिल्लो समय हरियाली गाउँको नामले परिचित भएको छ । स्थानीय बासिन्दाले सामुदायिक वनको आम्दानीबाट गाउँसम्मै मोटरबाटो र्पुयाएका छन । बिजुली पनि सामुदायिक वनकै आम्दानीले बलेको छ । 

बाख्रापालन, तरकारी खेती, फलफूल खेतीका साथै तेजपातको क्षेत्र बनाउने योजनामा वडा कार्यालय र गाउँपालिको रहेको तिनाउ गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले बताए ।

गाउको नामै भन्न लाजमान्ने यहाँका स्थानीयहरु अहिले केही न केही आर्थिकस्तर उकास्ने काम गरी गाउँलाई नमुना बनाउने कार्यमा लागेका छन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर