प्रसादको ‘लै लै ’ सार्वजनिक (भिडियोसहित) 

काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रसाद’ को पहिलो गीत सार्वजनिक भएको छ ।

अभिनेता विपिन कार्की, निश्चल बस्नेत र अभिनेत्री नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र प्रसादको ‘लै लै..’ गीत सार्वजनिक गरिएको हो । चलचित्रको गीत मंगलबार युटुब मार्फत सार्वजनिक गरिएको हो । गीतमा केतन क्षेत्रीको स्वर रहेको छ भने शब्द गणेश  शाहीको रहेको छ । साथै संगीत सुवास भूसालको छ ।

चलचित्रको कथा पुरै निसन्तान दाम्पत्यको जीवनमा आधारित छ । उक्त कथालाई लेखक तथा सञ्चारकर्मी शुशिल पौडेलले लेखेका हुन्  । चलचित्र दिनेश राउतले निर्देशन गरेका हुन् भने सुवास थापाले निर्माण गरेका हुन । चलचित्र आगामी मंसिर २१ गते रिलिज हुने छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर