• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

संविधान दिवसः प्रदेश २ का मन्त्री नै बिरोधमा उत्रिए

जनकपुरधाम । संविधान दिवसका दिन संविधानकाे प्रदेश २ का मन्त्री नै संविधानकाे बिराेधमा षडकमा उत्रिएका छन् । राष्ट्रिय जनता पार्टी नेपाललले संविधान दिवसलाई कालो दिवसको संज्ञा दिदै जनकपुरधाममा बिरोध जुलुस प्रदर्शन गरेको छ । संविधान मधेशी जनताको प्रतिकुल रहेको भन्दै संशोधनको माग गर्दै राजपाले जनकपुरधाममा आज बिरोध प्रदर्शन गरेको छ । 

जनक चोकबाट निस्केको बिरोध रैलीमा सयौको संख्यामा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । बिरोध रैलीमा राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य वृषेशचन्द्र लाल, प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह, प्रदेशसभा सदस्य परमेश्वर साह, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, उपप्रमुख रिता मिश्र, हँसपुर नगरपालिकाकी उपप्रमुख रेणु झा लगायतका नेताहरुको सहभागिता रहेको थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर