• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

शहीद स्मारक ए डिभिजन लिग : पहिलो खेलमा एनआरटी र आर्मी भिड्ने

कुमार चौलागाई /काठमाडौँ । यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेल न्युरोड टिम एनआरटी र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०द्वारा गठित लिग कमिटीले आज एन्फा कम्प्लेक्स सातदोबाटोमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको खेल तालिकाअनुसार उद्घाटन खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा असोज १३ गते शनिबार दिउँसो ३ बजे हुनेछ । 

तेह्र चरणसम्म खेलाइने लिगको सबै खेल तालिका सार्वजनिक गरिएको छ । सो अवसरमा ए डिभिजनका १४ वटै क्लबका प्रतिनिधि सहभागी थिए । गोला प्रथाद्वारा सार्वजनिक गरिएको तालिकामा पहिलो राउन्डमा सातवटा खेल हुनेछन् । 

खेल तालिकाअनुसार पहिलो चरणको खेलमा यही असोज १३ एनआरटी क्लबले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । १४ गते दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबले मनाङ–मस्र्याङ्दी क्लबसँग खेल्नेछ । १४ गतेको दोसो खेलमा मछिन्द्र क्लबले च्यासल युथ क्लबसँग सशस्त्र प्रहरी बलको हल्चोकस्थित मैदानमा सामना गर्नेछ । 

असोज १५ हुने पहिलो खेलमा फ्रेन्ड्स क्लबले थ्री स्टार क्लबसँग र दोस्रो खेलमा जावलाखेल युथ क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ । असोज १६ गते हिमालयन शेर्पा क्लबले सशस्त्र प्रहरीको विभागीय क्लब एपिएफ क्लबसँग एन्फा मैदानमा खेल्नेछ भने दोस्रो खेलमा हलचोक मैदानमा सरस्वती युथ क्लबले सङ्कटा युथ क्लबको सामना गर्नेछ । 

पहिलो चरणका खेलहरू सकिएपछि तीन कुनै पनि खेल हुँदैनन् भने १९ गतेदेखि दोस्रो चरणका खेलहरू हुनेछन् । दोस्रो चरणको पहिलो खेल असोज १९ गते एनआरटीले मनाङ–मस्र्याङ्दी क्लबसँग, दोस्रो खेल सोही दिन त्रिभुवन आर्मीले च्यासल युथ क्लबसँग खेल्नेछ । २० गते ब्रिगेड ब्वाइजले थ्री स्टार क्लबसँग खेल्नेछ । सोही दिन हुने दोस्रो खेलमा मछिन्द्र क्लबले नेपाल पुलिसको सामना गर्नेछ । 

त्यसैगरी २१ गते फ्रेन्डस क्लबले एपिएफसँग र सोही दिन दोस्रो खेलमा हिमालयन शेर्पाले सरस्वती युथ क्लबसँग तेस्रो खेलमा जावलाखेल युथ क्लबले सङ्कटासँग खेल्नेछ । असोज २४ गतेदेखि तेस्रो चरणका खेलहरू हुनेछन् । तेस्रो चरणपछि चाडपर्व शुरु हुने भएकाले एक महिना लिग स्थगित हुनेछ । महत्वपूर्ण चाडपछि आगामी मङ्सिर २ गतेदेखि पुनः लिगका खेलहरू हुनेछन् । 

लिगमा १४ ’ए’ डिभिजन क्लबहरू थ्री स्टार, मनाङ मस्याङ्दी, नेपाल पुलिस, एपिएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम ९एनआरटी० ,ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले खेल्नेछन् । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रोले रु २५ लाख पाउने छन् । 

लिगको चौथो टोलीले रु १५ लाख, पाँचौ टोलीले रु सात लाख र छैटौँले रु पाँच लाख पाउने छन् । फेयर प्ले टिमले रु एक लाख पाउनेछ । प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई रु १० हजार दिनेछ । -रासस
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर