• आइतबार ७-४-२०७५/Sunday 10-21-2018/ 07:22 am

सररर चच हुई ! दशैंमा पिङ (फोटोफिचर)

काठमाडौं । लिंगे पिङ होस् वा रोटे पिङ वा घरघरमा केटाकेटीका लागि बनाइएका स(साना पिङ होस्, दशैंमा पिङको आफ्नै महत्व हुन्छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैं घटस्थापनाको दिन विधिपूर्वक जमरा राखेसँगै सुरु हुन्छ । 

दशैंमा केटाकेटीहरु रमाइलोका लागि पिङमा झुत्तिन्छन् । बूढापाकाहरुले पनि टीकाको दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यताका आधारमा एकपटक पिङ खेल्नुपर्छ भन्ने मान्यता छ । गाउँघरमा वयस्क युवायुवतीहरु एउटै लठारोमा चढेर पिङ मच्चाउँछन् ।

गाउँघरमा बाबियोबाट बनाइएको लठारोको प्रयोग गरी दशैंमा लिंगे पिङ हाल्ने चलन छ भने तराईमा सनपाटको लठारो बनाउने चलन छ । यस्तै काठमाडौं उपत्यका र बाहिरी जिल्लाहरुमा दशैंमा पिङ लगाउने प्रचलन छँदैछ । 

तस्विरः दिपेन्द्र ढुंगाना

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

दशैँ नमनाउने खोकनाबासी यसरी रमाए सिकाली जात्रामा (फोटो फिचर)

  • २९ असोज, २०७५

ललितपुर । दशैँको स्वागत गर्न अधिकांश नेपालीहरु व्यस्त छन् । तर ललितपुरको खोकनाका बासिन्दा भने सिकाली जात्रामा रमाइरहेका छन् । दसैंको घटस्थापनादेखि

चंगाको रौनकतामा रम्दै बालबालिका (फोटोफिचर)

  • २७ असोज, २०७५

काठमाडौं । दसैँ लागेसँगै साना बालबालिकामा छुट्टै रौनकता छाएको छ । उनीहरुले घरको छत या डाँडाबाट चंगा उडाएर रमाउने गर्छन् ।  पहिले पहिले गाउँघरमा

बजारमा दशैँ किन्नेको भिड (फोटो फिचर )

  • २६ असोज, २०७५

काठमाडौं । दशैँको रौनक सुरु भइसकेको छ । दशैँका लागि नयाँ नोट साट्ने देखि नयाँ लुगा किन्ने, खसी किन्ने अनि नयाँ नयाँ सामान किन्नेको अहिले साना ठूला सबै