• आइतबार ७-४-२०७५/Sunday 10-21-2018/ 07:30 am

भारी बाेकेर दसैँ खर्च जोहो गर्दै कामदार (फोटोफिचर)

काठमाडौं । नेपालीको महान चाड वडा दसैँ घर–घरमा भित्रिसकेको छ । सबैजना यतिखेर दसैँको तयारीमा जुटिरहेका छन् । 
हुने खानेदेखि हुँदा खानेसम्मलाई यतिखेर दसैँको चटारोले छोएको छ । काठमाडौं उपत्यकामा यतिखेर दसैँ खर्च जुटाउनका लागि भरिया पनि अलि बढी कमाउने आसमा पसलको चोक–चोकमा जम्मा भएर बसेका छन् । 

काठमाडौंको व्यस्त बजार न्युरोडमा १० वर्षदेखि भारी बोकेर आफ्नो जीवन चलाउँदै आएका प्रशस्तै भेट्न सकिन्छ । दोलखा घर भएका भिमबहादुर ६ वर्षदेखि भारी बोक्ने काम गर्दै आएका छन् ।

४४ वर्षका भिमबहादुर आफ्ना ४ जना छोराछोरीको भविष्यका लागि भारी बोक्दै आएका छन् । उनले हरेक दिन ५÷६ सय रुपैयाँ कमाउने गरेका छन् । विगतमा राम्रो कमाई हुने गरे पनि अहिले भारी बोक्ने भरियाको संख्या बढेसँगै कमाइ पनि कम हुँदै गएको उनको भनाई छ । 

यस्तै रामेछापका चेतबहादुर कार्कीले १० वर्षदेखि न्युरोडमा भारी बोक्ने काम गर्दै आएका छन् । ४५ वर्षका कार्कीको हालत पनि उस्तै छ । दिनमा ५/६ सय रुपैयाँ कमाइ हुने गरेको छ । आफूले खाएर जम्मा ३ सय रुपैयाँ दिनको बचत गरेर ६ जनाको परिवार चलाउँदै आएका छन् । नुन तेल खानका लागि अहिले जेनतेन चले पनि आफू थला परेपछि के होला भन्ने उनलाई चिन्ता छ । पहिलाको जस्तो कमाइ नहुँदा पनि घर चलाउन समस्या हुने गरेको छ । 

४५ वर्षका गोपाल ढलकोटीको दिनचार्य भारी बोकेरै जाने गरेको छ । गाउँमा खेतीको सिजनमा जाने गरे पनि घर चलाउनका लागि उनी कामठमाडौंमा भारी बोक्ने आएका छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

दशैँ नमनाउने खोकनाबासी यसरी रमाए सिकाली जात्रामा (फोटो फिचर)

  • २९ असोज, २०७५

ललितपुर । दशैँको स्वागत गर्न अधिकांश नेपालीहरु व्यस्त छन् । तर ललितपुरको खोकनाका बासिन्दा भने सिकाली जात्रामा रमाइरहेका छन् । दसैंको घटस्थापनादेखि

चंगाको रौनकतामा रम्दै बालबालिका (फोटोफिचर)

  • २७ असोज, २०७५

काठमाडौं । दसैँ लागेसँगै साना बालबालिकामा छुट्टै रौनकता छाएको छ । उनीहरुले घरको छत या डाँडाबाट चंगा उडाएर रमाउने गर्छन् ।  पहिले पहिले गाउँघरमा

बजारमा दशैँ किन्नेको भिड (फोटो फिचर )

  • २६ असोज, २०७५

काठमाडौं । दशैँको रौनक सुरु भइसकेको छ । दशैँका लागि नयाँ नोट साट्ने देखि नयाँ लुगा किन्ने, खसी किन्ने अनि नयाँ नयाँ सामान किन्नेको अहिले साना ठूला सबै