• आइतबार ७-४-२०७५/Sunday 10-21-2018/ 07:23 am

बलात्कार अभियोगमा युवक पक्राउ

रुकुम । रुकुम  पश्चिममा एक युवक बलात्कार अभियोगमा पक्राउ परेका छन् । रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–५ हुकामका ३० वर्षीय सुविन्द्र घर्ती पक्राउ परेका हुन् । 

मुसिकोट नगरपालिकाकी एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख सुमित खड्काले बताए ।  

पक्राउ परेका घर्तीले पीडित महिलाको एक थान मोबाइल र रु १६ हजार नगदसमेत चोरी गरेको पाइएको छ । निजलाई जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत रुकुम पश्चिमबाट १५ दिनको म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सखिया नृत्य गर्दै थारु युवतीहरु

  • ३ कार्तिक, २०७५

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका ३ का थारु युवतीहरु परम्परागत पहिरनमा सखिया नृत्य गर्दै । थारु समुदायका युवातीहरुले भगवान श्रीकृष्णको

जडीबुटी खेतीबाट आत्मनिर्भर बन्दै महिला

  • ३ कार्तिक, २०७५

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेल्डाँडीका समुहमा आवद्ध महिला जडीबुटी खेती गरेर आत्मनिर्भर हुन थालेका छन् ।  सात समुहमा आवद्ध

सररर चच हुई  !

  • २ कार्तिक, २०७५

चितवन । विजया दशमीको अवसरमा सूर्यास्तको बेला चितवनको नारायणी नदी किनारामा पिङ खेल्दै स्थानीय । तस्वीरः नारायण ढुंगाना