महेन्द्र गुफा काठमाण्डौं सिधा बस सेवा सुरु हुने
पोखरा । पर्यटकीय स्थल महेन्द्र गुफा देखि काठमाण्डौंसम्म सिधा बस सेवा सुरु हुने भएको छ । पृथ्वी राजमार्ग बस संचालक समितिले आगामी कार्तिक ५ गतेबाट सिधा बस सेवा सुरु गर्ने जनाएको हो ।
गण्डकी प्रदेशका सांसद कृष्ण थापा, वडा नम्वर १६ का वडाध्यक्ष जीवन आचार्य, हिमालय क्लबका अध्यक्ष मोहन थापा, जिल्ला समन्वय समितिका सदस्य गुमादेवी गौतम, वडा सदस्य मेहरमान थापा, राजेश गुरुड, विष्णु नेपाली, समाजसेवी पद्म कार्की र पृथ्वी राजमार्ग बस संचालक समितिबीच बस सेवा संचालन गर्ने सहमति भएको छ ।
वडा कार्यालयको व्यवस्थापन र हिमालय क्लबको सहजीकरणमा बस सेवा संचालन हुने वडाध्यक्ष जीवन आचार्यले जानकारी दिए । बस सेवा संचालन पछि त्यस भेग र आसपासका जनतालाई थप सेवा पुग्ने तथा महेन्द्र गुफा, चमेरो गुफा आउने पर्यटकलाई सुविधा हुने सांसद कृष्ण थापाले बताए ।
कार्तिक ५ गते विहान ८ बजेबाट पृथ्वी राजमार्गको पर्यटक स्तरीय बसले सेवा संचालन गर्न लागेको हो ।
प्रतिकृया दिनुहोस