‘ठग्स अफ हिदुस्तान’को पहिलो गीतमा अमिताभ र आमिर जमे (भिडियोसहित)

काठमाडौं । निकै प्रतिक्षित फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को ‘भाशमल्ले’ बोलको पहिलो गीत युट्युवमा रिलिज भएको छ । फिल्मको धमाकेदार ट्रेलर निक्कै रुचाइएको छ । 

यस गीतमा बलिउड महानायक अमिताभ बच्चन र अभिनेता आमिर खान एकसाथ खुशी मनाइरहेको देख्न सकिन्छ । अमिताभ बच्चन र आमिर खानले एकसाथ काम गरेको यो पहिलो फिल्म हो । यसै कारण पनि फिल्मलाई लिएर दर्शक निक्कै उत्साहित छन् ।

यस गीतमा आवाज सुखविन्दर सिंह र विशल ददलानीले दिएका छन् । गीतमा संगीत अजय–अतुलको रहेको छ । अजय–अतुलको जोडीले फिल्म ‘सैराट’मा काम गरेका छन्, जुन निक्कै चर्चित रह्यो । यस गीतको कोरियोग्राफी प्रभुदेवाले गरेका छन् । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर