दसैंमय ‘टिक टक म्युजिकली’ 

काठमाडौं । यतिबेला नेपालमा बडादसैंको खुशी र उमङ्ग सबैतिर छाइरहँको छ । फेसबुक, इन्स्टग्राम तथा ट्विटर जस्ता सामाजिक सञ्जालको स्टाटस र तिस्वरमा हुँदै ‘टिक टक म्युजिकली’सम्म ‘भर्चुअल’ संसारमा पनि दसैं छाएको छ । भनौं, सामाजिक सञ्जाल यतिबेला दसैंको तस्विर तथा भिडियोले रंगीचंगी बनेको छ । 

कुनै समय थियो, दसैंको अवसरमा साधारण क्यामराले खिचेको ‘ब्ल्याक एण्ड व्हाइट’ तस्विर घरको भित्तामा राखिन्थ्यो । तर आजकाल त्यो परिपाटीमा निकै परिर्वतन आएको छ । समयको परिर्वतनसँगै विज्ञान प्रविधि र इन्टरनेटमा मानिसहरुको पहुचको कारण फेसबुक, इन्सटाग्रामस, ट्विटर, ह्वाटसप, हुँदा हुँदा ‘टिक टक म्युजिकली’मा समेत रंगीन दसैं आएको छ । 

‘टिक टक म्युजिकली’ एक भिडियो एप हो, जसमा कुनै पनि गतिमा १५ सेकेन्डको अभिनय गर्न मिल्ने हुन्छ । आफुलाई मन परेको गीतमा अभिनय मात्र होइन आफनो आवाजमा केही रेकड समेत गर्न सकिने यो एप प्रयोग नगर्ने पुस्ताहरु कमै होलान । 

बालकदेखि युवा पुस्ता सबलाई यो एपको भूत चडेको छ । दसंैको टीका लगाउन सुरुवात भएको २४ घण्टा पार भएको छैन तर उनीहरुको वालमा लाइकको भने खानी भएको छ । त्यसैले ‘टिक टक’ दसैंमय भएको छ । 

तस्विरः ‘टिक टक’को विभिन्न प्रयोगकर्ताको वालबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर