• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

रियल मड्रिडको लगातार चौथो हार, लेभान्टेसँगपनि पराजित  

एजेन्सी । रियल मड्रिड स्पेनिस ला लिगाको पछिल्लो खेलमा फेरी पराजित भएको छ । शनिबार राती रियल लेभान्टेसँग २–१ ले हारेको हो । पछिल्लो पाँच खेलमा उसको यो लागातार चौथो हार हो ।

बर्नबाउमा भएको खेलमा लेभान्टेले छैठौँ मिनेटमै अग्रता लियो । मोरालेस छैठौँ मिनेटमा लेभान्टेका लागि खाता खोले । त्यस्को ७ मिनेटपछि रोजर मार्टीले लेभान्टेका लागि थप एक गोल गर्दै खेल २–० को स्थितिमा पुर्याए ।

रियलले गोलका थुप्रै अवसर सिर्जना गरेपनि पोष्टको जाली चुमाउन भने ७२ औँ मिनेटमा मात्र सक्यो । ७२ औँ मिनेटमा मार्सेलोले रियलका लागि गोल गरे तर जितका लागि त्यतिले पुगेन । खेलमा रियलले लेभान्टेलाई दबाबमा राखेपनि गोल गर्न नसक्दा आशातित जित हात पार्न सकेन ।

थप एक हारसँगै रियलका कोच जुलेन लोपेतेग दबाबमा परेका छन् । खेलपछि उनलाई रियलमा आफ्नो करियर धरापमा परेको बारे सोधिएको प्रश्नमा उनले भने, ‘पछिल्लो पटक मैले सोचेको कुरा यहि नै हो ।’ तर म अझै पनि रियलमा कोचका रुपमा निरन्तरता दिन अरु बेला भन्दा धेरै उत्साहित छु किनभने टिमले आफ्नो मन मष्तिस्क सबै लगाएर खेलिरहेका छन् । ढिलो चाँडो नतिजा आउँछ ।’ 

९ खेल खेलेको रियल शिर्ष स्थानको बार्सिलोना भन्दा रियल ४ अंक ले पछि छ । ऊ पाँचौं स्थानमा छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर