• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

श्रीमती हत्या गरी फरार आइतराज पक्राउ 

झापा । श्रीमतीको हत्या गरेर फरार रहेका झापा कनकाई नगरपालिका–८ का आइतराज परियार पक्राउ परेका छन् ।  विजया दशमीको भोलिपल्ट शनिबार घरमै श्रीमतीको हत्या गरी उनी फरार थिए । 

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतका अनुसार विजया दशमीको भोलिपल्ट मादकपदार्थ सेवन गरी ४० वर्र्षीया श्रीमती माया परियारलाई हत्या गरेर अभियुक्त आइतराज फरार रहेका थिए । 

इलामको दानाबारीमा लुकीछिपी बसेको अवस्थामा अभियुक्त आइतराजलाई प्रहरीको खोजतलास टोलीले आइतबार फेला पारेको बस्नेतले जानकारी दिए ।  

अभियुक्त आइतराजले हत्या आफैँले गरेको प्रहरीसमक्ष स्वीकार गरेको र उनलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर