• बिहीबार ७-२९-२०७५/Thursday 11-15-2018/ 02:16 pm

तिहारको पूर्वसन्ध्यामा असनका गल्ली-गल्लीमा किनमेल गर्नेको भिड ( फोटो फिचर )

तिहार आउनै लाग्दा  बजारहरु झिलिमिली हुन थालेका छन् । फुलमाला, सप्तरङगी टिका,भाइ मसला लगाएतका तिहारका सामाग्रीहरु किनेको  शहरका गल्ली गल्लीमा भिड जम्मा हुन थालेकोे छ । असन, मरुजस्ता काठमाडौको मुख्य बजारमा तिहारमा किनमेल गर्नेको निकै घुइचो बढ्दै गएको छ भने तिहारका लागि आवश्यक सामान बिक्री गर्ने ठूला व्यापारीसहित स–साना फुथपाथका पसल बढेपछि असनको बजार छिर्न पैदलयात्रुलाई समस्या भएको छ । सुन्धारा, असनलगायतका क्षेत्रमा काजु, पेस्ताजस्ता मसलासहित तिहारका लागि आवश्यक वस्तु मखनले फूलको माला, हासको अन्डा, सुकेको र भिजेको माछा बिक्री गर्ने तथा खरिद गर्नेको घुइाचोले तिहारको रौनक बढाएको छ । काग तिहारदेखि सुरु हुने तिहारमा नेवार समुदायले नेपाल संवत्अनुसारको नया वर्ष र म्हपूजा पनि मनाउने चलन छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न (फोटो फिचर)

  • २८ कार्तिक, २०७५

काठमाडौं । उदाउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिई चार दिन लामो छठ पर्वलाई समापन गरिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको

छठको विशेष दिन अस्ताउँदो सुर्यको पुजा गरिदै (फोटो फिचर)

  • २७ कार्तिक, २०७५

काठमाडौँ । छठ पर्वको मुख्य दिन आज मंगलबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने

काठमाडौंमा पनि छठ पर्वको तयारी (फोटोफिचर)

  • २६ कार्तिक, २०७५

काठमाडौं । प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वका लागि काठमाण्डौंका खोला किनारा सजाउने काम धमाधम भैरहेको छ । पुजाका