• आइतबार ८-२-२०७५/Sunday 11-18-2018/ 11:03 pm

कैदीबन्दीले लगाए भाइटीका

दमौली । तनहुँ कारागारका कैदीबन्दीले भाइटीका लगाएका छन् । कैदीबन्दीले आफ्ना दिदीबहिनीको हातबाट भाइटीका लगाएको कारागार प्रशासनले जनाएको छ । कारागारमा रहेका २५ जनाले कारागारभित्रै भाइटीका लगाएको कारागार प्रमुख नारायण अधिकारीले जानकारी दिए । ‘बेलुका ५ बजेसम्म भाइटीका लगाउन समय तोकेका छौँ’, उनले भने, ‘भाइटीका लगाउन आउनेलाई टीका लगाउने व्यवस्था मिलाएका छौँ ।’ 

विभिन्न अपराधमा कारागार चलान भएका उनीहरू कारागारभित्रै भाइटीका लगाउँदा हर्षित छन् । कैदीबन्दीले चाडपर्वको बेला मुढा बुनेर कमाएको पैसा घरपरिवारलाई समेत पठाउँदै आएका छन् । पच्चीस जनाको क्षमता रहेको उक्त कारागारमा हाल ४८ थुनुवा र ६२ कैदी छन् । सबैभन्दा बढी जबर्जस्ती करणीको मुद्दामा ३५ कैदी र चार थुनुवा छन् । त्यस्तै लागुऔषधको मुद्दामा १८ थुनुवा र दुई कैदी तथा कर्तव्य ज्यान मुद्दामा १४ कैदी र पाँच थुनुवा रहेका छन् । 

ज्यान मार्ने उद्योगमा ११ थुनुवा र दुई कैदी, भगौडाका तीन कैदी, चोरीमा संलग्न सात कैदी र तीन थुनुवा, सवारी ज्यान मुद्दाका एक थुनुवा, कुटपिट अङ्गभङ्गका दुई कैदी, काठ ओसारपसारका एक कैदी, बहुविवाहका एक कैदी, अपहरणको एक थुनुवा, डाँका एक थुनुवा तथा ओखेटोपहार ओसारपसारका एक थुनुवा र एक कैदी गरी ११० जना कैदीबन्दी रहेका छन् । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

उदयपुरमा एक युवकको हत्या

  • २ मङ्सिर, २०७५

राँझा । नेपालगञ्ज उपमहानगरपालिका – १३ उदयपुरमा एक युवकको हत्या भएको छ ।  उदयपुरस्थित गङ्गापुरमा पोल्ट्री फार्ममा कार्यरत सुर्खेतका ३० वर्षीय

रकम फिर्ता गर्न नक्कली भूकम्पपीडितलाई निर्देशन

  • २ मङ्सिर, २०७५

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले झूटो विवरण बुझाएर भूकम्पपीडित अनुदान लिनेलाई आगामी पुस १५ गतेभित्र सम्बधित कार्यालयमा रकम फिर्ता

समुदाय प्रहरीपालिका समिति गठन

  • २ मङ्सिर, २०७५

नेपालगञ्ज । ‘जनता र प्रहरी सँगसँगै’ अभियान अन्तर्गत बाँकेको डुडुवा गाउँपालिकामा आइतबार आयोजित भेलाले समुदाय—प्रहरीपालिका समिति गठन गरेको छ