• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

वायन रुनीको विदाइ आज, अन्तिम पटक इंग्लयाण्डको कप्तानी सम्हाल्दै 

एजेन्सी । इंग्ल्याण्ड राष्ट्रिय टिमका किर्तिमानी गोलकर्ता वायन रुनीले विहिबार अन्तिम पटक राष्ट्रिय टोलीको कप्तानी सम्हाल्दैछन् ।

वेम्ब्लेमा अमेरिकासँगको मैत्रीपूर्ण खेल रुनीको विदाइ खेल हुनेछ । विदाइ खेलमा कप्तानी गर्दा उनको क्याप संख्या १ सय २० पुग्नेछ । म्यानचेस्टर युनाईटेड तथा एभर्टनका पूर्व खेलाडी रुनीले आफ्नो अन्तराष्ट्रिय खेलाडी जीवनबाट अनौपचारीक रुपमा सन् २०१७  विदा लिइसकेका छन । उनले यसअघि १ सय १९ क्यापमा ५३ गोल गरेका छन् । तर उनले पुरै समय भने राष्ट्रिय टोलीको कप्तानी गर्ने छैनन् ।

उनलाई ठ्याक्कै कुन समय मैदान प्रवेश गारइन्छ भन्नेबारे टुंगो नभएपनि उनको लागि पर्याप्त समय दिइने प्रशिक्षक ग्यारेथ साउथगेटले बताए । रुनीले अन्तिम खेलमा १० नम्वरको जर्सिमा मैदानमा उत्रनेछन ।

मैत्रीपुर्ण खेलको सुरुवमा फावियन डेल्फेले खेलको सुरुमा कप्तानी गर्ने भएपनि पछि रुनीलाई कप्तानको ब्यान्ड हस्तान्तरण गर्नेछन । यसका साथै उनले गार्ड अफ अनर पनि पाउनेछन । 

रुनी मैत्रीपुर्ण खेल लगत्तै टिमबाट बाहिर हुनेछन । आइतबार नै इंग्ल्याण्डले नेशन्स लिग अन्तर्गत क्रोयसिया विरुद्ध खेल्नेछ ।

हाल इंग्ल्याण्डको कप्तानी गरिरहेका डेल्फले आफु इंग्ल्याण्ड टिममा पहिलो पटक प्रवेश गर्दाको क्षण स्मरण गर्दै त्यतिबेला रुनीले आफुनै न्यानो स्वागत गरेको र कप्तानको जिम्मेवारी सुम्पिएको बताए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर