• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

बोक्सी आरोपमा महिलामाथि कुटपिट, आरोपीलाई ६ महिना जेल

कास्की । केही महिनाअघि कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित वडा नम्बर १ ढिकुरपोखरीका सन्तोष परियारले घरभित्रकै पुजा परियारलाई बोक्सी भन्दै कुटपिट गरे । 
उनले आफ्नो घरकी एक सदस्य बिरामी भएपछि झारफुक गर्ने क्रममा पुजालाई बोक्सी लागेको भनेर नाम लिएपछि कुटपिट गरेका थिए ।

देवर, देवरानी, सासु र ससुरा तथा श्रीमानले समेत महिलालाई बोक्सी भन्दै हातपात गरेको स्थानीयले बताए ।

परियारलाई जिल्ला अदालत कास्कीले ६ महिना जेल र ५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर