• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

किन मागे सलाहले फ्यानसँग माफी ?

एजेन्सी । अफ्रिका कप अफ नेशन्सको छनौट अन्तर्गत शुक्रबार राति भएको खेलमा इजिप्टले ट्युनिशियालाई ३–२ गोलले हराएको छ ।

मोहम्मद सालहले अन्तिम मिनेटमा गरेको गोलको सहयोगमा इजिप्टले ट्युनिसियामाथि रोमाञ्चक जित हात पारेको हो । तर विजयी गोल गरेका सालहले जर्सी फुकालेका कारण पहेँलो कार्ड पाए । दुबै टोली अफ्रिका कप अफ नेशन्सका लागि छनौट भइसकेका छन् ।  

जितपछि सलाहले आफुले निकै ढिलो गोल गरेकोमा आफ्ना एक फ्यानसँग माफी मागेका छन् । खेलको सुरुमै एक बालिकाले सलाहलाई गोल गर्न अनुरोध लेखिएको प्लेकार्ड देखाएकी थिइन् । प्लेकार्डमा लेखिएको थियो, ‘सालह प्लिज स्कोर, आई वान्ट टू गो होम, आई ह्याभ होमवर्क’ अथार्त ‘सालह कृपया गोल गर, मलाई घर जानु छ, मरो गृहकार्य छ’ । 


तर खेलको अन्तिम मिनेटमा मात्र गोल गर्न सफल सलाहले माफी माग्दै भने, ‘मैले साँच्चै तिमीलाई छिटो घर पठाउन चाहेको थिएँ तर मलाई माफ गर अन्मि समयसम्म तिमीलाई कुराएँ, मलाई विश्वास छ तिम्रो टिचरले यो कुरा बुझ्नुहुनेछ ।’


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर