सशक्त र क्रान्तिकारी विद्यार्थी आन्दोलन बनाउनु मेरो प्राथामिकता हुनेछ: दिपक देबकोटा
नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्वीयु क्रान्तिकारीको राष्ट्रिय सम्मेलन १४ आजबाट काठमाडौंमा सुरु हुदै छ ।
यो २२औं सम्मेलनले अखिल क्रान्तिकारीको नयाँ नेतृत्व र नीति चयन गर्ने छ । फेरिएको परिवेशमा अखिलको नेतृत्व कस्तो हुनुपर्छ भन्ने बहस संगठनभित्र चलिरहेका बेला आधा दर्जन प्रतिस्पर्धी नेतृत्व दावी गर्दै मैदानमा उत्रिएका छन् ।
त्यसैमध्यका एक हुन् उपाध्यक्ष दिपक देवकोटा । जनयुद्धकालिन समयदेखि विद्यार्थीको राजनीतिमा सक्रिय देवकोटा विभिन्न समयमा जेल जिवन विताइ सकेका छन् । वैचारीक नेताका रुपमा छवि बनाएका देवकोटा कुशल संगठक मानिन्छन् ।
विचार र सिद्धान्तलाई संगठनमा लागु गर्नु पर्ने विचार र व्यवहारबीच तालमेल मिल्नु पर्नेमा उनी जोड दिन्छन् । विचार बिहिनी संगठन होइन विचारले लैस संगठनले मात्र विद्यार्थी आन्दोलनको नेतृत्व गर्न सक्ने दाबी देवकोटाको छ ।
त्यहि भएर उनी कम्युनिष्ट विचारधारा र सिद्धान्तलाई विद्यार्थीसँगठनहरुले व्यवहारमा लागू गर्ने वातावरण बनाउनु पर्ने कुरामा प्रतिवद्ध छन् ।
अन्य संगठन भन्दा क्रान्तिकारी विचारले,व्यवहारले र विद्यार्थी आन्दोलनको नयाँ गतिशिलताले नै फरक हुने मान्यता राख्छन् । आफू संगठनको भावी अध्यक्षमा चयन भएमा शिक्षामा भएको विसमतालाई हटाउने, समाजवाद उन्मुख शिक्षा प्रणालीको लागि पहल गर्ने बताउछन् । प्रस्तुत छ समाचार दैनिकका लागि देवकोटासंग गरिएको कुराकानी:
अखिल (क्रान्तिकारी) को आसन्न निर्वाचनमा तपाईं अध्यक्षको प्रतिस्पर्धामा उत्रिनु भएको छ, नेपालको विद्यार्थी आन्दोलनलाई अघि बढाउन तपाईंसँग के–कस्ता एजेण्डा छन् ?
नेपाली विध्यार्थी आन्दोलनमा आज जसरी यसको औचित्यको प्रश्न खडा गरिएको छ त्यो प्रश्नको वस्तुनिष्ठ जवाफ बेगरको विद्यार्थी आन्दोलन केवल राजनैतिक गर्ने अखडाको केन्द्र बन्ने परिभाषामा सिमित हुन नदिएर आजको सन्दर्भमा परिस्कृत विद्यार्थी आन्दोलन जायज मात्र होइन जरुरी पनि छ भन्ने कुराको व्यवहारिक जवाफ दिने नै मुल एजेण्डा हो । यसका लागि
क. समाजवादी शिक्षा प्राप्तिको मुल कार्यदिशा को कार्यक्रमिक योजनामा ढाल्ने
ख. नवऔपनिवेशिक करणको भद्दा रुपको आर्थिक, सांस्कृतिक अझ टडकारो रुपमा प्रवेश गरेको शैक्षिक विरुपता विरुद्द स्वाधिन लड्ने संगठन
ग. समस्याको उठानमा रुमलिने होइन समाधानको पनि जवाफदेहिता बोकेको संगठन बनाउने
घ. आन्दोलनको पर्याय मा मात्र सिमित हुन नदिई शिर्जनशिलताको छाहारी युक्त आन्दोलन बनाउने
ड. प्रविधि मैत्री संगठन, प्रविधि शिप युक्त नेतृत्वको जथ्थावन्दी तयार गर्ने
च. बोझमुक्त तर सोचयुक्त संगठन र नेतृत्व निर्माण छ।
शैक्षिक सवालमा संविधान प्रदत्त अधिकारको कार्यान्वयनको अग्र दस्ता बनाउने मात्र होइन , पाठ्यक्रममा भएको भद्दा र ठिमाह विषयलाई परिमार्जन गरेर समयानुकुल बनाउन र राष्ट्रिय उदेश्यमा केन्द्रीत बनेको आन्दोलन बनाउन जरुरी छ। यसको लागि जुझारु र सामाजिक विश्वासनियता सहितको आन्दोलन बनाउने नै मेरा एजेण्डाहरु हुनेछन्।
विगतका नेतृत्वले विद्यार्थी आन्दोलनलाई कसरी अघि बढाउनु पर्ने थियो र उनीहरुले कस्ता कमजोरी गरे रु आसन्न निर्वाचनमा तपाईंलाई के आधारमा विद्यार्थीहरुले अध्यक्षका रुपमा छनोट गर्ने ?
राजनैतिक परिवर्तन र जागरणको रुपमा परिभासा भएको विद्यार्थी आन्दोलन को नेतृत्व गरेको अगाडिको पुस्ता को योगदान आफैमा गौरवपूर्ण नै छ । राजनैतिक परिवर्तनमा बढी शक्ति खर्चेको विगतको नेतृत्वप्रति गौरवपूर्ण इतिहास छ । त्यो इतिहासको जगमा मेरो पुस्ताले गणतन्त्र पछिको शैक्षिक रुपान्तरण र सुधारलाई केन्द्रमा राख्नु पर्ने छ ।
अब इतिहासको गौरव गाथा बचाउँदै शैक्षिक क्षेत्रको नै रुपान्तरणमा र सुधारको आवश्यकता छ । शिक्षामा सुधार गदै कार्यन्वयनमा जानु पर्छ । शैक्षिक रुपमान्तर र सुधारलाई सामाजिक पॅुजी बनाउने आन्दोलन गर्न अब ढिला हुन लागिसक्यो । यसको लागि शसक्त र क्रान्तिकारी विद्यार्थी आन्दोलन बनाउन नै मेरो नेतृत्वमा दावी रहेको हो ।
शैक्षिक मुद्दालाई अघि बढाउन तपाईंका प्राथमिकता के–के हुने छन् ?
मुलत, शैक्षिक क्षेत्रको नेतृत्व गरेका राज्यका निकायहरुलाई जवाफदेही र उत्तरदायी नै बनाउने हो । विद्यालयदेखि विश्वविध्यालय सम्मको खण्डिकरणयुक्त शिक्षा ९संरचना, विषयवस्तु, प्रक्रिया० लाई एकिकृत योजना र परिचालनको जो अभावले दिशा विहिन, लक्ष्य विहिन जस्तो बनेको शिक्षालाई ९ दैनानुदिनका समस्याको हल देखि नीतिगत तह सम्मको० फेरी एक पटक जवरजस्त धक्का दिने रचनात्मक र जवाफदेही आन्दोलन उठान हो ।
अध्यक्षका अघिकांश प्रत्याशी भन्दा तपाई के कुरामा अब्ल हो ?
योजना निर्माण र परिचालनको विश्वासनियता नेतृत्वको आजसम्मको परिणाममा जॅाच हुने हो । त्यसैले अनेरास्ववियू ९क्रान्तिकारी० मा अब्लल र दुर्वलको बीचको प्रतिस्पर्धा अहिले होइन । तर कसले के मा ध्यान दिने र जोड दिने भन्ने विषयको विविधिकरण हो । तथापी, संगठन निर्माण, त्यसको बैज्ञानिक परिचालन र परिणाममा आधारित मुल्याकन विधिमा उनिएको नेता कार्यकर्ता को पुंजी बनाउने कार्यमा अफुलाई अन्य सहयोद्दा भन्दा बढी शिर्जनसिल बन्न सक्छु भन्ने आत्मविस्वास म मा छ र हिजो को भूमिकाले पनि त्यो पुष्टी गर्दछ । साथै, आर्थिक र सांस्कृतिक रुपबाट जुन ढंगले बाटो लर्खराएको जस्तो बन्न खोजेको छ, त्यसलाई सच्याउने तागत पनि , आम पक्तिको विश्वास पनि म प्रति छ । माताहतका नेता, कार्यकर्ता यो विस्वास र भरोसा नै यसको सुचक हो भन्ने लाग्दछ ।
प्रतिकृया दिनुहोस