• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

 माघ १२ गते राष्ट्रिय सभा निर्वाचन गर्ने सरकारको निर्णय (भिडियाे)

काठमाडौं । सरकारले माघ १२ गते राष्ट्रिय सभा निर्वाचन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सञ्चार मन्त्रालयले सिंहदरबारमा गरेको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले आउँदो माघ १२ गतेको लागि चुनावको मिति तोकिएको जानकारी दिए । बैठकले भ्रष्टचारबिरुद्धको युएन सम्मेलनमा भाग दिन अख्तियारका प्रमुख आयुक्त नेतृत्वको टोलीलाई स्वीकृति दिने निर्णय गरेको छ ।

त्यस्तै नेपाल चाटर्ड एकाउन्टेन्ट संस्थाको पार्षदमा बाबुराम सुवेदी, बैकुष्ठ बहादुर अधिकारी र उमाकान्त आचार्यलाई मनोनयन गर्ने, बिधुतिय गृड आधुनिकिकरण गर्न एसियाली बैंकबाट प्राप्त हुने ६० मिलियन डलर ऋणसहयोग स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

त्यस्तै बैठकले पशुकल्याण बिधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने र पशुप्रति हुने निर्दयी व्यवहार नियन्त्रण गर्न समिति गठन गर्ने निर्णय पनि भएको प्रवक्ता कार्कीले बताए । बैठकले दक्षिण कोरियामा हुने युएनसम्बन्धी बैठकमा सहभागी हुन रक्षामन्त्रीको टोलीलाई स्वीकृति दिने निर्णय पनि गरेको छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर