• २०७८ मङ्सिर २० सोमबार
  • Monday, 6 December, 2021

थप २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा आइतबार थप २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको  ७ हजार ८ सय ४५ पिसिआर परिक्षणका क्रममा २ सय ३२ जना र १ हजार २ सय ७८ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १४ हजार ३ सय ३३ पुगेको छ । 

त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय ९६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ३ सय ७० जना निको हुँदा हालसम्म नेपालमा ८ लाख ३ सय ५९ जना संक्रमित निको भएका छन् । हाल ७ हजार १ सय ६४ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर