फिल्म ‘घुइँचो’ मा  एलिजाको जोडी कुन्साङ

काठमाडौं । फिल्म ‘घुइँचो’ निर्माणको घोषणा गरिएको छ । राजधानीमा सोमबार एक कार्यक्रमबीच फिल्मको घोषणा गरिएको हो । दीपेन्द्र लामाले निर्देशन गर्ने फिल्मले सामाजिक कथावस्तु भन्नेछ ।

 निर्देशक दिपेन्द्र लामाले फिल्मको कथाले गाउँदेखि अमेरिकाको कथा भन्ने जानकारी दिए । उनले फिल्मलाई उत्कृष्ट बनाउन आफूले कुनै कसर नछाड्ने समेत तर्क गरे ।

फिल्मकी नायिका एलिजा गौतमले ‘घुइँचो’ आफ्ना लागि पुनर्जन्म रहेको बताइन् । नवनायक कुन्साङले आफू फिल्ममा केही फरक भूमिका गर्न चाहिरहेको बताउँदै कथावस्तु सुनेपछि मन परेको बताए ।

निर्देशक लामाका अनुसार फिल्मको छायांकन माघ १५ बाट सुरु हुनेछ । फिल्मका अन्य कलाकार र प्राविधिकको छनोटको काम बाँकी नै छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर