• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

मंगलबार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा मंगलबार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ७ सय २९ पिसिआर परिक्षणका क्रममा ३ सय १३ जना र १ हजार ४ सय ४५ एन्टीजेन परिक्षणका क्रममा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १५ हजार ६९ पुगेको छ । 

त्यस्तै कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप २ सय ७३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ८ सय ९० संक्रमित निको भएका छन् । हाल नेपालमा ७ हजार ३ सय सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर