• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

चुनावपछि नेकपा एमालेको बेहाल हुन्छ –माधवकुमार नेपाल (भिडियो)

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले चुनावपछि नेकपा एमालेको हाल बेहाल हुने दावी गरेका छन् । 

बुधबार जनकपुरधाममा पार्टी प्रवेश तथा प्रदेश कार्यालयको उद्घाटन कार्यक्रमअघि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले जनताले एमालेलाई विश्वास नगर्ने भन्दै अवको चूनावपछि एमालेको अवस्थामा बेहाल हुने दावी गरेका हुन। उनले अहिले केपी ओलीले सूर्यको धाक देखाएर केही गर्न नसक्ने बताए । उनले नेपालमा रहेका सवै समूदायलाई समान अधिकार दिन प्रतिवद्ध रहेको जिकिर गरे।

त्यस्तै पार्टी प्रवेश कार्यक्रममा नेपालले, नागरिकता विधेयकमा देखिएको समस्या जति सक्दो समाधान हुने र सम्पूर्ण नेपालीले नागरिकताको हक पाउने बताए । त्यस्तै, उनले जनकपुर जयनगर रेल सुचारु गर्न सक्दो पहल भईरहेको उल्लेख गरे ।

अध्यक्ष नेपालले प्रदेश २ को स्थायी राजधानी जनकपुरधामलाई बनाउनु नै न्यायोचित हुने भन्दै सहमतिमा प्रदेशको नाम टुङ्गो लगाउनुपर्ने उल्लेख गरे । कार्यक्रममा बिभिन्न दलबाट आएका कार्यकर्तालाई एकीकृत समाजवादी प्रवेश गराइएको थियो । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर