• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

जबराले तोके ९ इजलास, गाेलाप्रथा सुरु गर्न  फुटकोर्ट बस्ने तयारी

काठमाडौं । गोला प्रथाबाट इजलास तोक्ने तयारीका लागि सर्वोच्च अदालतका १८ न्यायायधीशहरुले  फुटकोर्ट बस्ने तयारी गरिरहेका बेला आजका लागि नौवटा इजलास तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बिहीबारका लागि दुई पूर्ण, दुई एकल र पाँच संयुक्त इजलास तोकेका हुन् ।

नौ इजलासमा २८४ वटा मुद्दामा पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ । प्रधानन्यायाधीश जबराले न्यायाधीशहरु दीपककुमार कार्की, हरिप्रसाद फुँयाल र नहकुल सुवेदी तथा डा. आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानका लागि पूर्ण इजलास तोकेका हुन् ।  

यसैगरी, न्यायाधीशद्वय मीरा खड्का र प्रकाशकुमार ढुंगाना, हरिकृष्ण कार्की र कुमार चुडाल, विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमा, अनिलकुमार सिन्हा र कुमार रेग्मी तथा प्रकाशमान सिंह राउत र बमकुमार श्रेष्ठका लागि संयुक्त इजलास तोकिएको छ ।

साथै, डा. मनोजकुमार शर्मा र तेजबहादुर केसीका लागि एकल इजलास तोकिएको सर्वोच्चले जनाएको हो ।

प्रधानन्यायाधीश जबराले लगातार इजलास तोकेपनि बन्दी प्रत्येक्षीकरण बाहेकका मुद्धा बाहेकका इजलास बस्न सकेका छैनन् । जबरा बाहेकका सर्वोच्चका न्यायाधीशहरुले उनले तोकेका मुद्धामा उनीसँग बेन्च नै शयर नगर्ने घोषणा गरेका छन् । उनीहरुले इजलास गोलाप्रथाबाट तोकिनुपर्ने अडान लिएका छन् । प्रधानन्यायाधीश जबराले आफूखुसी इजलास तोक्ने र मुद्धामा पैसाको चलखेल गरेर जिताउन वा हराउन चाहेको व्यक्तिलाई हराउने वा जिताउने गरेको आन्दोलनरत न्यायाधीशहरु र नेपालबारको आरोप छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर