• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

ईब्रामोभिचले गरे रोनाल्डोको रेकर्ड बराबरी

एजेन्सी । भेनेजिया विरुद्धको गोलसँगै स्विडिस लिजेण्ड फरवार्ड जाट्लान ईब्रामोभिचले पोर्चुगिज सुपरस्टा क्रिष्टियानो रोनाल्डोको गोल रेकर्ड बराबरी गरेका छन् । सेन्ट्रल फरवार्डमा अब्बल ४० वर्षका ईब्राको २२ वर्षको फुटबल करिअरमा युरोपेली फुटबलमा अझै पनि ओरालो लाग्नु परेको छैन ।

आईतबार भेनेजिया विरुद्ध ३–० गोलको जित हात पार्दा एसी मिलानले जित निकाल्दा ईब्रामोभिचले गोल गर्दा सन् २०२० मा उनी सो क्लबमा जोडिएपछिको ३६ गोल गरेका छन् । 

ईब्रामोभिचले अहिले युरोपका फरक ८० क्लब विरुद्ध गोल गर्ने क्रिष्टियानो रोनाल्डोको गोलसँगै बराबरी गरेका हुन् । ३ वर्ष इटालीको युभेन्टस बिताएका क्रिष्टियानो रोनाल्डो गत समरमा प्रिमियर लिगको म्यानचेष्टर युनाईटेड फर्किएसँगै डिसेम्बर ३० मा उनले बर्नली विरुद्ध गोल गरेका थिए ।

सोही गोलबाट उनको नाममा फरक ८० क्लब विरुद्ध गोल गर्ने रेकर्ड कायम भएको थियो । उनको सोही रेकर्डलाई गएराति ईब्रामोभिचले भेटेका हुन् ।

ईब्राले सन् १९९९ मा माल्मो विरुद्धको खेलबाट आफ्नो करिअर सुरु गरेका थिए । स्विडीस ईब्राले आफ्नो करिअरमा अजाक्स, युभेन्टस, ईन्टर मिलान, बार्सिलोना, पेरिस सेन्ट जर्मन, म्यानचेष्टर युनाईटेड जस्ता भारी क्लबमा ८ सय २ खेल खेलेर ४ सय ९२ गोल गरेका छन् ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर