• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

टोटनह्यामलाई राउँदै चेल्सी कारबाओ कपको फाइनलमा

काठमाडौं । टोटनह्याम हटस्परलाई हराउँदै चेल्सी कारबाओ कपको फाइनलमा पुगेको छ।सेमिफाइनलमा समग्रमा ३–० को जित हात पार्दै चेल्सीले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो।

बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा चेल्सीले १–० को जित हात पारेको छ। यसअघि सेमिफाइनलको पहिलो लेगमा चेल्सीले २–० गोलको अन्तरको अग्रता लिएको थियो।

दोस्रो लेगमा चेल्सीले १ गोल थपेको हो। बुधबार राति भएको खेलको १८ औं मिनेटमा चेल्सीका लागि एन्टिनिओ रुडिगरले गोल गरेका थिए।

खेलमा थप गोल हुन सकेन र चेल्सी समग्रमा ३–० ले विजयी हुँदै फाइनलमा पुगेको हो। चेल्सीले फाइनलमा लिभरपुल र आर्सनलबीचको विजेताको सामना गर्नेछ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर