• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

आज ३ हजार ५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा बिहीबार ३ हजार ५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार ४ सय ९८ पिसिआर परिक्षणका क्रममा २ हजार ९ सय २२ जना र ४ हजार ५ सय ८३ एन्टीजेन  परिक्षणका क्रममा ६ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ४० हजार ५ सय २२ पुगेको छ । 

त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण ११ हजार ६ सय १० जनाले ज्यान गुमाएका छन् । त्यस्तै थप २ सय ७१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १५ हजार ३ सय ४७ संक्रमित निको भएका छन् । हाल मुलुकभर १४ हजार ३ सय ४० सक्रिय संक्रमित आइशोलेशन र १ सय २२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर