• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

मिडिया अवार्डले भाँडभैलो, पत्रकार महासंघको केन्द्रीय कमिटी बैठक बहिष्कार

कपिलवस्तु । विवादित मिडिया अवार्डले पत्रकार महासंघको केन्द्रीय कमिटीको बैठकमा भाँडभैलो मच्चिएको छ । अवार्डको विषयलाई लिएर प्रेस सेन्टर र समाजवादी प्रेस युनियनसँग आवद्ध केन्द्रीय सदस्यहरुले पत्रकार महासंघको केन्द्रीय कमिटी बैठक नै बहिष्कार गरेका हुन् । 

कपिलवस्तुको तिलौराकोटमा शुक्रबारबाट पत्रकार महासंघको केन्द्रीय समिति बैठक बस्दैछ । विवादित मिडिया अवार्डमा पत्रकार महासंघले पनि साथ दिएपछि असन्तुष्टि चुलिएको थियो । प्रेस सेन्टर र समाजवादी प्रेस युनियनसँग सम्बन्धित १५ जना केन्द्रीय सदस्यले बैठक बहिष्कार गरेका हुन् । मिडिया अवार्डबारे महासंघका अध्यक्ष विपुल पोखरेलले प्रष्ट पानुपर्ने र छानविन समिति गठन गर्नुपर्ने उनीहरुको माग छ । 

महासंघका अध्यक्ष पोखरेलले मिडिया अवार्डको नाममा विभिन्न ठाउँमा फोन गरेर पैसा मागेको तथा विवादित कार्यक्रममा गएर संस्थागत मान्यता दिएको भन्दै विरोध गरेका हुन् । यस्तै मिडिया अवार्डको नाममा महासचिवको हस्ताक्षर दुरुपयोग गरेको पनि भनेका छन् ।   

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर