कसैले म पीडित हुँ भन्दा उसकै चरित्रमाथि प्रश्न उठाउनुहुँदैन : प्रियंका कार्की 

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले पनि पल शाह र एक गायिकाबीचको प्रकरणको विषयलाई लिएर टिप्पणी गरेकी छिन्। उनले ‘कसैले म पीडित हुँ भन्दा उसकै चरित्रमाथि प्रश्न उठाउनु जिम्मेवार समाजको काम हुन नसक्ने’ बताएकी छन्।

यसअघि अभिनेत्रीहरु रेखा थापा, ऋचा शर्मा, सञ्चिता लुइँटेल, लक्ष्मी बर्देबालगायतले पनि पीडित भनिएकी किशोरीको पक्षमा आवाज उठाएका थिए । 

बिहीबार कार्कीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘दुःखको कुरा, हामी यस्तो समाजमा बाँचेका छौं, जहाँ पीडितले ‘म पीडित हुँ’ भन्न मात्र पनि ठूलै हिम्मत बोकेर आउनुपर्छ। यस्तोमा, अगाडि बढेर आवाज उठाउने हरेक पीडित महिला दिदी–बहिनीहरुको म भित्री आत्मादेखि नै कदर गर्दछु।’

आफू बाँचेको समाजमा कसैले आफू पीडित भएको भन्न पनि हिम्मत चाहिने भएकाले आवाज उठाउने हरेक पीडितलाई कदर गर्नुपर्ने कार्कीले सामाजिक सञ्जालमार्फत बताएकी छिन्। 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर