• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

एमाले वडाध्यक्षका उम्मेदवार स्थानीयको नियन्त्रणमा, मौन अवधिमा पैसा बाँडेको आरोप

लमजुङ ।  मौन अवधिमा मतदाता प्रभावित पार्न पैसा बाँडेको आरोपमा लमजुङमा एमालेका वडाध्यक्षका उम्मेदवार शिवप्रसाद जोशीलाई स्थानीयले नियन्त्रणमा लिएका छन् ।

बेसीशहर नगरपालिका–११ रामचोक बेसीको वस्तीमा पैसा बाँडेको भन्दै स्थानीय शिव सेढाईको समूहले जोशीलाई बुधबार राति साढे १० बजे नियन्त्रणमा लिएको हो ।

जोशीको साथबाट १ लाख ३५ हजार रुपैयाँ, झोला, मोटरसाइकलको चाबी, पैसा बाँडेको नामावली भएको डायरी र अन्य कागजपत्र नियन्त्रणमा लिइएको स्थानीय अनिता सेढाईले बताइन् ।

जोशीविरुद्ध जिल्ला निर्वाचन कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिने तयारी भइरहेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार  घटनाबारे बुझ्‍न प्रहरीलाई भनिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर